पोखरामा ‘बखतबहादुर स्मृति ३५ प्लस फुटसल’ सुरु, उद्घाटन खेलमा गण्डकी स्पोर्टस् विजयी

पाेखरा | बैशाख १८, २०८३

पोखरामा ‘बखतबहादुर स्मृति ३५ प्लस फुटसल’ सुरु, उद्घाटन खेलमा गण्डकी स्पोर्टस् विजयी

पोखरा ।

पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।

 

मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्लस फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको हो ।


सो प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे । 

 

सो अवसरमा बोल्दै उनले सो प्रतियोगिताले खेकलुद क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याउने धारणा राखे ।

 

उनले विगतका स्तरीय खेलाडीहरुबीचको आपसी भाइचारालाई मजबुद गर्न सो प्रतियोतिाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 

प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेमाथी ८–३ गोल अन्तरले सहज जीत निकाल्दै गण्डकी स्पोर्टस् क्लब विजयी बनेको छ । 

 

यसजीतसँगै गण्डकी स्पोर्टस क्लब दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक गुरुङ (मेजर) ले बताए ।  

 

उनका अनुसार दोस्रो खेलमा एक्टिभ स्क्वार्डले न्यू एयरपोर्टलाई ७–२ गोल अन्तरले पराजित गर्याे । 

 

यस्तै तेस्रो खेलमा नरेन एफसी टिम ए ले कस्केरी एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै नरेन एफसी दोस्रो चरणमा प्रवेश गरेको संयोजक गुरुङले बताए । उनका अनुसार आज प्रिक्वाटरफाइनलका सबै खेलहरु सम्पन्न हुनेछन् । 

 

कुल १९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले नगद रु ९१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै उपविजेता टोलीलाई नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । 

 

प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । सोही प्रतियोगितामार्फत ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्